images
images
  • हङकङ र बहराइनको खेल वर्षाले रद्द भएसँगै नेपाल सुपर-३ मा

    काठमाडौं । नेपाल आईसीसी महिला टी–२० विश्वकप एसिया छनोटको सुपर-३ मा प्रवेश गरेको छ ।

    थाइल्यान्डमा जारी छनोटअन्तर्गत हङकङ र बहराइनबीचको खेल वर्षाले रद्द भएसँगै नेपाल सुपर-३ मा प्रवेश गरेको हो । नेपालले ४ खेलमा २ मा जीत, १ मा बराबरी र १ मा नतिजाविहीन हुँदा ५ अंक जोडेको थियो ।

    हङकङले ४ खेलमा १ मा जीत र ३ मा नतिजाविहीन हुँदै ५ अंक जोडेको छ । बहराइन भने ४ खेलमा २ मा बराबरी र २ मा हारसहित २ अंक जोडेर पुछारमा रह्यो ।

    महिला टी-२० विश्वकप एशिया छनोटमा सहभागी भएका ९ टोलीलाई ३ वटा समूहमा विभाजन गरिएको छ । हरेक समूहको विजेता सुपर थ्री मा पुग्नेछन् । सुपर थ्रीको शीर्ष २ टोली ग्लोबल छनोटमा पुग्नेछन् । नेपालले सुपर-थ्रीमा बलिया टोली यूएई र थाइल्यान्डसँग खेल्नेछ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images