images
images
  • नेपाल र बहराइन आज भिड्दै, नेपालका लागि जित्नै पर्ने दबाब

    काठमाडौं – थाइल्याण्डमा जारी आइसिसी महिला टी–२० विश्वकपको एशिया छनौट अन्तर्गत नेपाल आज बहराइनसँग भिड्दै छ।

    यो खेल नेपाली समय अनुसार १२ः३५ बजेदेखि सुरु हुने छ।

    जारी प्रतियोगिताको पहिलो खेलमा नेपालले हङकङ चाइनाविरुद्ध वर्षाका कारण रद्द भएपछि १–१ अंक बाँडेको थियो भने दोस्रो खेलमा बहराइनलाई पराजित गरेको थियो। त्यस्तै तेस्रो खेलमा हङकङ चाइनासँग पराजित भएको थियो।

    नेपालले सुपर थ्रीमा आफ्नो स्थान पक्का गर्नका लागि आजको खेल जित्नै पर्ने दबाबमा छ। कुल ९ देशले भाग लिइरहेको एशिया छनौटमा नेपाल समूह ‘सी’मा रहेको छ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images