images
images
  • कर्णाली प्रदेश सरकारले ल्याउने आगामी बजेटका सिद्धान्त र प्राथमिकताका (पूर्णपाठ)

    सुर्खेत – कर्णाली प्रदेशका अर्थमन्त्री राजीव विक्रम शाहले आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेटका सिद्धान्त र प्राथमिकता प्रस्तुत गरेका छन् ।

    बुधबार बसेको प्रदेश सभा बैठकमा शाहले बजेटका सिद्धान्त र प्राथमिकता प्रस्तुत गरेका हुन् । शाही आगामी वर्षको बजेट अहिलेसम्मकै नयाँ ल्याउने दाबी गर्दै आएका छन् ।

    त्यसका लागि विभिन्न नियकाहरुसँग छलफल गरिरहेको बताएका छन् भने चालु आर्थिक वर्षको भन्दा बजेटको आकार बढेर आउने बताएका छन् ।

    चालु आर्थिक वर्ष ३१ अर्बको बजेट ल्याइएकोमा आगामी आर्थिक वर्ष ३४ अर्बसम्म आउने आकलन शाहको छ । सोही अनुसार मन्त्रालयहरुलाई बजेटको सिलिङ बढाएर दिइएको उनको भनाइ छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images