काठमाडौं । सत्तासाझेदार दल नेकपा (एमाले)का प्रदेश सांसद प्रधानमन्त्री केपी शर्मा ओलीसँगै सार्वजनिक कार्यक्रममा देखिएका थिए ।
नेपाल प्रहरीको फरार सूचीमा रहेका लुम्बिनी प्रदेशका सांसद विष्णु पन्थी सोमबार लुम्बिनीमा बुद्ध जयन्तीको अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीसँगै अतिथिका रूपमा सहभागी भएको देखिएका थिए ।
उनी एमाले कपिलवस्तु–१ (क)बाट निर्वाचित एमाले सांसद हुन् । उनलाई १० महिना पहिले नै पक्राउ गर्न अदालतबाट अनुमति लिइसकेको प्रहरीले जिल्ला प्रहरी कार्यालय रुपन्देहीलाई पनि पक्राउ गरेर बुझाइदिन भनेको थियो ।
तर, प्रधानमन्त्रीकै दलका सांसद पन्थी खुलेआम हिँडिरहेका छन् भने प्रहरीले पनि पक्राउ गर्न सकेको छैन ।
काठमाडौंको गौतमबुद्ध हाइड्रोपावर कम्पनीका सञ्चाकसमेत रहेका पन्थी र देवराज खनालविरुद्ध उजुरी परेको थियो ।
उक्त उजुरीमा अनुसन्धान गर्नका लागि प्रहरीले पन्थीलाई पनि पक्राउ गर्न अन्य कार्यालयबाट सहयोग मागेको थियो ।
जिल्ला प्रहरी कार्यालय मोरङले अदालतबाट पक्राउ पूर्जी जारी भएपछि पन्थीलाई पक्राउ गरिदिनका लागि प्रहरी प्रधान कार्यालयसँगै जिल्ला प्रहरी परिसर काठमाडौं र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुमा पनि पत्र पठाएको थियो ।
तर, सत्ताको आडमा उनी हालसम्म पक्राउ परेका छैनन् । प्रधानमन्त्रीले विगत लामो समयदेखि भ्रष्टाचार गर्दिनँ र गर्न पनि दिन्नँ भन्दै आएका छन् ।























