images
images
  • स्कटल्यान्ड सिरिजका लागि नेपाली क्रिकेट टोलीको बिदाइ, आज प्रस्थान गर्दै

    काठमाडौं –आगामी स्कटल्यान्ड भ्रमणका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई मंगलबार एक कार्यक्रमबीच बिदाइ गरिएको छ। नेपाल क्रिकेट संघ (क्यान) ले त्रिकोणात्मक एकदिवसीय सिरिज (आईसीसी विश्वकप लिग–२) र टी–२० अन्तर्राष्ट्रिय सिरिज खेल्न जाने टोलीको बिदाइ गरेको हो।

    नेपाली टोली आज साँझ स्कटल्यान्डतर्फ प्रस्थान गर्दैछ। नेपालले जुन २ देखि १० तारिखसम्म लिग–२ अन्तर्गत स्कटल्यान्ड र नेदरल्याण्डसँग त्रिकोणात्मक एकदिवसीय सिरिज खेल्नेछ। यसपछि, नेपालले ती दुई टोलीसँगै टी–२० अन्तर्राष्ट्रिय सिरिज पनि खेल्नेछ, जुन जुन १५ देखि २० सम्म सञ्चालन हुनेछ।

    लिग-२ का नेपाली टोली

    रोहित पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी (उपकप्तान) कुशल भुर्तेल, आसिफ शेख (विकेट किपर), गुलशन झा, अनिल शाह, भीम सार्की, सोमपाल कामी, आरिफ शेख, बसिर अहमद, नन्दन यादव, रिजन ढकाल, ललित राजवंशी, सन्दीप लामिछाने र करण केसी ।

    टी-२०आई सिरिजका लागि थप

    किरणकुमार ठगुन्ना, रुपेश सिंह र लोकेश बम ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images