images
images
  • प्रधानमन्त्री ओलीले गरे अत्याधुनिक चलचित्र छायांकन स्टुडियो निर्माणको शिलान्यास

    काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–१० मा निर्माण हुने ‘सिनेपा’ नामक चलचित्र छायांकन स्टुडियोको मंगलबार आरम्भ उद्घोष (शिलान्यास) गरेका छन् ।

    बयालीस रोपनी जग्गामा निर्माण हुने उक्त स्टुडियो अत्याधुनिक सुविधा सम्पन्न छायांकन स्थल हुने छ ।

    प्रधानमन्त्री निवास, बालुवाटारमा आज चलचित्र विकास बोर्डद्वारा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले स्टुडियो निर्माणको शुभारम्भ गरेका हुन् ।

    देशमा चलचित्र निर्माण सुरु भएको छ दशक पूरा हुँदा पनि सुविधा सम्पन्न स्टुडियो निर्माण नभएकामा चलचित्र क्षेत्रमा आबद्ध निर्माता तथा कलाकारले गुनासो गर्दै आएका थिए ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images