साफ यू–१९ पुरुष च्याम्पियनसिपमा नेपाली युवा टोलीले विजयी सुरुवात गरेको छ।
भारतको अरुणाञ्चल प्रदेशस्थित गोल्डेन जुब्ली आउटडोर स्टेडियममा भएको खेलमा नेपाली युवा टोलीले श्रीलंकामाथि ५–० को फराकिलो जित दर्ता गरेको हो।
च्याम्पियनसिपमा श्रीलंकाले लगातार दोस्रो हार व्यहोरेको हो। च्याम्पियनसिपको उद्घाटन खेलमा श्रीलंका भारतसँग ८–० को फराकिलो अन्तरले पराजित भएको थियो।
च्याम्पियनसिपमा सहभागी ६ टोलीलाई दुई समुहमा विभाजन गरिएको छ। समुह ए मा मालदिभ्स, भुटान र बंगलादेश छन्। समुह बी मा आयोजक भारतसँगै नेपाल र श्रीलंका रहेका छन्।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 


















