काठमाडौं । भारतले शनिबार बिहान तीन वायुसेना केन्द्रहरूमा आक्रमण गरेको पाकिस्तानी सेनाले दाबी गरेको छ । भारतीय सेनाले हावाई मार्गबाट जमिनमाथि मिसाइल प्रयोग गरेर तीन वायुसेना केन्द्रहरू लक्ष्य बनाएको थियो । तर, सबै सैन्य सुविधाहरू सुरक्षित रहेको पाकिस्तानी सेनाको मिडिया विभागले जनाएको छ ।
रोयटर्स समाचार एजेन्सीले प्रत्यक्ष् दर्शीहरूको हवाला दिँदै उत्तर–पश्चिम भारतीय राज्य पंजाबको अमृतसर सहरमा चारवटा विस्फोटको आवाज सुनिएको बताएकोे छ । यो सहर पाकिस्तान सीमाबाट करिब ३० किलोमिटर (१९ माइल) टाढा छ ।
भारत नियन्त्रित कश्मीरको जम्मू सहरमा दोस्रो दिनसम्म धेरै विस्फोट सुनिएको छ ।
भारतका विदेश सचिव विक्रम मिश्रीले पाकिस्तानले ड्रोन र मिसाइल आक्रमण गरेको अस्वीकार गरेपछि उनको प्रतिक्रियालाई छद्म कार्य भनेर आलोचना गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 

















