images
images
  • इजरायली अधिकारी– ‘विपिन जोशी’ जीवित छैनन्

    हमासको बन्धक रहेका नेपाली विद्यार्थी विपिन जोशी रिहा हुनेमा आफन्त अझै आशावादी रहेका बेला निराशाजनक खबर सार्वजनिक भएको छ ।

    यस विषयमा जानकारी एक इजरायल अधिकारीले उनी जीवित रहेको कुनै संकेत नपाइएको बताएका छन् ।

    द टाइम्स अफ इजरायलमा प्रकाशित समाचारमा ती अधिकारीले भनेका छन्, युद्ध सुरु भएको केही समयपछिदेखि ३ जना बन्धक जीवित भएको कुनै संकेत प्राप्त भएको छैन । त्यसमा एक जना इजरायली र दुई विदेशी नागरिक छन् ।’

    ती अधिकारीका अनुसार ती दुई विदेशी नागरिकमा एक जना नेपालका विपिन जोशी र अर्का थाइल्यान्डका पिन्टा नट्टापोङ हुन् । तर उनीहरूलाई अहिलेसम्म आधिकारिक रूपमा मृत घोषणा भने नगरिएको समाचारमा उल्लेख छ ।

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images