images
images
  • यस्तो छ भारत–पाकिस्तान लडाइँबारे सत्तारूढ कांग्रेसले धारणा

    काठमाडौं – प्रमुख सत्तारूढ दल नेपाली कांग्रेसले कुनैपनि किसिमको आतंकवादको बिरुद्धमा रहेको बताएको छ ।

    आज (शुक्रवार) पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बसेको पार्टीको पदाधिकारी र पूर्वपदाधिकारीको बैठकपछि बोल्दै पार्टीका प्रवक्ता डा.प्राकशशरण महतले कांग्रेस आतंकवादको बिरुद्धमा रहेको बताएका हुन् ।

    उनले भारत र पाकिस्तानको बीचमा भइरहेको द्वन्द्वप्रति पार्टीले निहत्था नागरिकमाथि भएको आक्रमणको निन्दा गरेको बताए ।

    उनले काग्रेसले आतंकवादको खिलापमा हुने कारबाहीलाई हामी जायज ठान्ने बताए । उनले पाकिस्तान र भारतबीच चाँडै शान्ति कायम होस् भन्ने पक्षमा काँग्रेस रहेको बताए । कांग्रेस आतंकवादलाई निरुत्साहित गर्नेतर्फ रहेको बताए ।

    महतले भने, ‘सँगै भारत र पाकिस्तानको बीचमा जुन द्वन्द्व चर्र्किएको छ । त्यसअघि भारतको पहलगाममा जुन आतंकवादी आक्रमण भयो । लक्षित किसिमबाट निहत्था सिभिलिएनहरुमाथि आक्रमण भएर मारिए । त्यसको नेपाली काग्रेसले कडा शब्दमा निन्दा पनि गरेका छौँ । हामी आतंकवादको खिलापमा छौँ । आतंकवादलाई निरुत्साहित गर्नेतर्फ हामी छौँ ।’

    नेपालको असंलग्न नीतिविपरीत सत्तारूढ दलले परोक्षरूपमा भारत–पाकिस्तान लडाइँमा भारतलाई समर्थन गरेको छ । नेपालको कुटनैतिक नीति असंलग्न नीति हो । जसले कुनै पनि देशको विवाद, लडाइँ र विवादमा तट्स्थ रहन भन्छ ।

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images