काठमाडौं । नेकपा (एमाले) धनुषाको जिल्ला अधिवेशनको विवाद सतहमा आएको छ । शनिबारदेखि जारी पार्टीको ८औँ जिल्ला अधिवेशनमा अध्यक्षका प्रत्यासी समूहबीचको विवाद सतहमा आएको हो ।
दुई समूहबीच विवाद सतहमा आएपछि अधिवेशनस्थलमै हातपात भएको थियो । अध्यक्षका प्रत्यासी भोला यादव र लक्ष्मी नारायण यादव पक्षबीच हात हालाहाल हुँदा स्थिति नियन्त्रण बाहिर गएको थियो ।
हात हालाहालको क्रममा अध्यक्षका प्रत्यासी भोला र लक्ष्मीको आपसमा विवाद भएको थियो । सोही क्रममा अधिवेशनस्थलमै रहेका केही कुर्सी अचालेर हानहान हुँदा दुवैको टाउको फुटेको छ ।
अधिवेशनको अन्तिम नामावली प्रकाशनको विषयलाई लिएर दुई पक्षबीच विवाद हुँदा कुर्सी हानाहान भएको हो । निर्वाचन समितिमाथि केही नेताकार्यकर्ताले कुर्सी प्रहार गरेका थिए ।
अधिवेशनबाट पाँच पदाधिकारीसहित १३५ सदस्यीय जिल्ला कमिटी चयन हुनेछ । आज बिहान साढे ८ बजेदेखि नै मतदान हुने समय निर्वाचन समितिले तोकेको थियो ।
तर, उम्मेदवारको अन्तिम मतदानमावलीका विषयमा विवाद भएपछि मतदान सुरु हुन सकेको छैन ।


विश्व खबर 




















