images
images
  • योगेश भट्टराईले दिए प्रचण्डलाई चेतावनी : ‘सिसाको घरमा बसेर ढुंगा नहान्नुस्’

    काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्डुको हालैको अभिव्यक्तिमाथि प्रतिक्रिया दिँदै नेकपा एमालेका सचिव योगेश भट्टराईले कडा चेतावनी दिएका छन्। उनले “सिसाको घरमा बसेर अरूको घरमा ढुंगा हान्ने मूर्खता नगर्न” सुझाएका हुन्।

    प्रतिनिधि सभामा सोमबार सरकारको नीति तथा कार्यक्रममाथि टिप्पणी गर्दै प्रचण्डले वर्तमान सरकारलाई “अप्राकृतिक गठबन्धन” भन्दै आलोचना गरेका थिए। उनको सो धारणा अस्वीकार गर्दै सांसद भट्टराईले भने, “विपक्षी नेताले पटक–पटक भन्दै आउनुभएको छ- यो सरकार स्वार्थ समूह र बिचौलियाको हो। तर उहाँलाई यति मात्रै भन्न चाहन्छु- सिसाको घरभित्र बसेर ढुंगा हान्ने मूर्खता नगर्नुस्।”

    भट्टराईले संविधानको धारा ७६ अनुसार प्रचण्डकै नेतृत्वमा बनेको सरकारलाई ‘प्राकृतिक’ भन्ने र त्यसै धारा अनुसार बनेको केपी शर्मा ओली नेतृत्वको सरकारलाई ‘अप्राकृतिक’ भन्ने प्रचण्डको भनाइमा प्रश्न उठाएका छन्।

    त्यस्तै, उनले झापाको दमकमा निर्माण गरिएको भ्युटावरको आलोचना नगर्न पनि आग्रह गरे। ‘कुनै अपराध गरेजस्तो गरी विरोधमा गीत गाएर आन्दोलन गर्नु उपयुक्त होइन,’ भट्टराईले भने।

    नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशकलाई सरकारले हटाएको विषयमा माओवादी केन्द्र लगायतको असन्तोषप्रति पनि उनले आपत्ति जनाए। “एउटा सहसचिव हटाउँदा मुटु फुटेजस्तो गर्नु राजनीतिक अति हो,” भट्टराईको भनाइ छ।

    शिक्षक आन्दोलनका विषयमा प्रचण्डले शिक्षकहरूलाई सडक नछोड्न दिएको अभिव्यक्तिप्रति पनि भट्टराईले आलोचना गरे। उनले शैक्षिक क्षेत्रको समस्यालाई समाधान गर्न गम्भीर र जिम्मेवार भूमिका खेल्न आग्रह गरे।

    प्रतिक्रिया दिनुहोस्
    images
    images