images
images
  • स्पेनिस ला लिगा: एमबाप्पेले २ गोल गर्दा रियल मड्रिड ३–२ गोल अन्तरले विजयी

    केलियन एमबाप्पेको दुई गोलमा रियल मड्रिडले स्पेनिस ला लिगामा सेल्टा भिगोलाई पराजित गरेको छ।

    आइतबार राति भएको खेलमा रियलले सेल्टा भिगोलाई ३–२ गोल अन्तरले हराएको हो। रियलको जितमा एमबाप्पेले दुई तथा अर्डा गुलरले एक गोल गरे।

    पहिलो हाफको ३३ औँ मिनेटमा अर्डा गुलरको गोलमा रियलले सुरुवाती अग्रता बनाएको थियो। खेलको ३९ औँ मिनेटमा एमबाप्पेको गोलमा रियलले सेल्टा भिगोविरुद्ध अग्रता दोब्बर पारे।

    एमबाप्पेले नै खेलको ४८ औँ मिनेटमा व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गर्दा रियलले ३–० को आरामदायी अग्रता बनाएको थियो।

    खेलको ६९ औँ मिनेटमा जाभी रोड्रिगेजको गोलमा सेल्टा भिगोले रियलविरुद्ध अग्रता कम गरेको थियो। खेलको ७६ औँ मिनेटमा वैकल्पिक खेलाडी विलियट स्वेडबर्गले गोल गर्दै सेल्टा भिगोलाई ३–२ को स्थितीमा ल्याएका थिए।

    तर, त्यसपछि सेल्टाभिगोले कुनै गोल गर्न नसकेपछि रियलविरुद्ध हार भोग्यो।

    जितसँगै रियलले शीर्ष स्थानको बार्सिलोनासँगको अंक दुरी कम गरेको छ। ला लिगाको ३४ खेलबाट रियलले ७५ अंकमा अंक तालिकाको दोस्रो स्थानमा छ। समान खेलबाट ७९ अंक भएको बार्सिलोना शीर्ष स्थानमा छ।

    गएराति नै भएको खेलमा सेभिल्ला र लेगेनासले २–२ को बराबरी गर्दै अंक बाँडे। रियल बेटीसले स्प्यानोललाई २–१ ले हराउँदा रियल सोसिडाड र एथलेटिको क्लबले गोलरहित बराबरी गर्दै अंक बाँडे।

    प्रतिक्रिया दिनुहोस्
    images
    images