जीवनयापनको खर्च, जलवायुको चिन्ता र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको करवृद्धि एजेन्डा बनेको आमनिर्वाचनमा शनिबार लाखौं अस्ट्रेलियाली नागरिकले मतदान गर्नेछन् ।
मतदाताहरूले वामपन्थी झुकाव भएका वर्तमान प्रधानमन्त्री एन्थोनी अल्बानीज र परम्परावादी प्रतिद्वन्द्वी पिटर डटनमध्ये एकलाई रोजिरहेका छन् ।
अल्बानीजको सत्तारुढ लेबर पार्टीले दोस्रो कार्यकालका लागि चुनाव जित्ने जनमत सर्वेक्षणहरूले देखाएका छन् ।
मतदानको पूर्वसन्ध्यामा प्रधानमन्त्री अल्बानीजले च्यानल सेभेनसँग भने, “पवित्र मतदान मतदाताले दिने एक प्रकारको अभिमत हो जसमा जीत दलहरूको आजको लक्ष्य हो ।”
प्रधानमन्त्री अल्वानीजले भने, “यदि म अस्ट्रेलियाको प्रधानमन्त्रीमा पुनः निर्वाचित भएँ भने आगामी तीन वर्षमा मैले अष्ट्रेलियाका लागि गर्न सकिने विकासको नेतृत्व लिनेछु । सबै क्षत्रका समस्यालाई सम्बोधन गर्ने प्रयास गरिनेछ ।”
सर्वेक्षणमा केही प्रतिशत अङ्कले पछि परे पनि डटनले ‘शान्त अस्ट्रेलियालीहरू’ले अझै पनि आश्चर्यचकित पार्न सक्ने बताउनुभएको छ ।
उनले च्यानल नाइनसँग भने, “मलाई लाग्छ कि उनीहरू मतदान केन्द्रमा गएर भन्नेछन्ः ‘तपाईंलाई के थाहा छ ? म एन्थोनी अल्बानीजलाई विगत तीन वर्षका कामका लागि मन पराएको छैन ।”
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 

















