images
images
  • विश्वकप छनोटका लागि नेपाली टोली घोषणा, उपकप्तानको जिम्मेवारी पूजालाई

    नेपाल क्रिकेट संघ (क्यान)ले आईसीसी महिला विश्वकप एसिया छनोटका लागि नेपाली टाेली घोषणा गरेको छ। इन्दु बर्माको कप्तानीमा घोषणा गरिएको १४ सदस्यीय टोलीमा पूजा महतोलाई उपकप्तानको जिम्मेवारी दिइएको छ।

    यसअघि सीता राना मगर उपकप्तान थिइन्। तर, उनी चोटका कारण टिमबाहिर रहेपछि पूजालाई जिम्मेवारी दिइएको क्यानका प्रवक्ता छुम्बी लामाले जानकारी दिए। पूजा यू-१९ टिमको कप्तानसमेत हुन्।

    विश्वकप छनोट मे ९ देखि २० सम्म थाइल्यान्डमा हुँदैछ। नेपाल रहेको समूह ‘सी’ मा बहराइन र हङकङ छन्। नेपालले मे ९ र १३ मा हङकङ तथा १० र १५ मा बहराइनको सामना गर्नेछ।

    यस्तो छ टोली
    इन्दु बर्मा (कप्तान), रुविना क्षेत्री, कविता कुँवर, विन्दु रावल, पूजा महतो (उपकप्तान), रोमा थापा, रुवि पोदार, सबनम राई, कविता जोशी, ईश्वरी विष्ट, सम्झना खड्का, मनीषा उपाध्याय, राजमति ऐरी र रिया शर्मा।

    प्रतिक्रिया दिनुहोस्
    images
    images