images
images
  • बार्सिलोनाको जितमा ओल्मो निर्णायक

    काठमाडौं । ड्यानी ओल्मोको निर्णायक गोलमा बार्सिलोनाले स्पेनिस ला लिगामा मायोर्काविरुद्ध १–० को कठिन जित निकालेको छ ।

    क्याटालन टोली बार्सिलोना घरेलु मैदानमा सम्पन्न खेलको पहिलो हाफमा गोलरहित बराबरीमा रोकिएको थियो । तर, दोस्रो हाफको पहिलो मिनेटमै ओल्मोले गोल गर्दै घरेलु टिमलाई अग्रतामा राखे । यही गोल निर्णायक बन्दा उपाधि होडमा रहेको बार्सिलोनाले महत्त्वपूर्ण तीन अंक जोडेको हो ।

    जितसँगै शीर्ष स्थानको बार्सिलोनाले ३३ खेलबाट ७६ अंक जोडेको छ । जुन दोस्रो स्थानको रियालकोभन्दा सात अंक धेरै हो । यस्तै, ३२ खेलबाट ६९ अंकसहित रियाल तालिकाको दोस्रो स्थानमा छ ।

    यता, बार्सिलोनासँग पराजित मायोर्का भने ३३ खेलबाठ ४४ अंकसहित तालिकाको सातौँ स्थानमा छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images