images
images
  • कतारले नेपाललाई दियो १५२ रनको लक्ष्य

    काठमाडौं : कतारले नेपाललाई १५२ रनको लक्ष्य दिएको छ।

    हङकङमा आजदेखि शुरु भएको चार देशीय टी–२० सिरिजको पहिलो खेलमा कतारले टस हारेर पहिला ब्याटिंग गर्दै २० ओभरमा ५ विकेट गुमाएर १५१ रन बनाएको हो।

    कतारका लागि कप्तान इक्रामुल्लाह खानले सर्बाधिक ५४ रन बनाए। शाहजैब जमिलले ३१, मुजीब उर रेहमानले २० रन र मोहमद इर्शादले १८ रन बनाएका थिए।

    नेपाली बलर करण केसी, सोमपाल कामी, नन्दन यादव, गुलशन झा र ललित राजबंशीले एक एक विकेट लिए।

    प्रतिक्रिया दिनुहोस्
    images
    images