images
images
  • हङकङमा आज नेपालले कतारसँग खेल्दै

    काठमाडौं : हङकङमा आजबाट चार देश सम्मिलित ट्वी–२० सिरिज सुरु हुँदैछ। नेपालले आज पहिलो खेलमा कतारसँग प्रतिस्पर्धा गर्दैछ। खेल बिहान पौने ७ बजे हङकङमा सुरु हुनेछ। खेलमा नेपालले टस जितेर फिल्डिङ रोजेको छ।

    नेपाल, हङकङ, कतार र कुवेत सम्मिलित सिरिज आगामी टी–२० विश्वकप छनोटको तयारीका लागि महत्वपूर्ण मानिएको छ।

    नेपालले सन् २०२५ मा हिलो अन्तर्राष्ट्रिय खेल कतारविरुद्ध खेल्न लागेको हो। सिरिजमा तुलनात्मक रुपमा कमजोर टोली भए पनि टी- २० विश्वकप छनोटका लागि हङकङ भ्रमण फलदायी हुने कप्तान रोहित कुमार पौडेलको विश्वास छ

    यो सिरिजका लागि लोकेश बम, साहब आलम, बसिर अहमदले टोलीमा पुनरागमन गरेका छन् भने नन्दन यादव पहिलो पटक राष्ट्रिय टोलीमा डेब्यू गरेका छन्।

    टोलीमा सन्दीप लामिछाने र अनिल शाह भने यस पटक समावेश छैनन्। शल्यक्रियापछि सन्दीप रिकभर गरिरहेको र अनिल चोटका कारण यसपटक टोली बाहिर परेका हुन्।

    टोलीका नवनियुक्त प्रशिक्षक स्टुवार्ट ल अप्रिल २४ पछि मात्र टोलीको जिम्मेवारीमा आउने हुँदा यो सिरिजमा क्यानले पूर्व कप्तान ज्ञानेन्द्र मल्ललाई प्रशिक्षणको जिम्मेवारी दिएको छ।

    सिरिजका ४ टोली मध्ये नेपाल तुलनात्मक रुपमा बलियो टोली हो। आईसिसीको पछिल्लो ट्वेन्टी ट्वेन्टी वरियतामा नेपाल १७ औं स्थानमा छ। नेपाल भन्दा तल हङकङ २३ औं, कुवेत २४ औं र कतार २८ औं स्थानमा छ। पहिलो प्रतिद्वन्द्वी कतारसँग नेपालले अहिलेसम्म २ खेल खेल्दा दुवैले १–१ खेल जितेका छन्।

    सन् २०१९ मा भएको पहिलो भेटमा ४ विकेटले हारेको नेपालले गत वर्ष अप्रिलमा भएको एसिसी प्रिमियर कपमा ३२ रनको जित निकालेको थियो।

    त्यस्तै, दोस्रो खेलको विपक्षी कुवेतविरुद्ध नेपालले १ मात्र खेल खेल्दा ७ विकेटको जित निकालेको छ।

    टी–२० फर्म्याटको चीरप्रतिद्वन्द्वी हङकङ र नेपालबीच अहिलेसम्म ११ खेल हुँदा दुवै टोली बराबरीको अवस्थामा छ। दुवैले ५–५ खेल जित्दा १ खेल नतिजाविहिन छ। यि दुईबीच पछिल्लो भेट गत वर्ष एसिसी प्रिमियर कपको तेस्रो स्थानका लागि भएको हो जहाँ नेपाल ४ विकेटले पराजित भएको थियो।

    प्रतिक्रिया दिनुहोस्
    images
    images