images
images
  • आईपीएल: चेन्नईविरुद्ध पन्जाब १८ रनले विजयी

    पियांश आर्याको शतकमा चेन्नई सुपर किंग्समाथि १८ रनको जित निकाल्दै पन्जाव किंग्स इन्डियन प्रिमियर लिग (आईपीएल) को अंक तालिकाको चौथो स्थानमा उक्लिएको छ।

    गएराति भएको खेलमा पन्जावले दिएको २ सय २० रनको लक्ष्य पछ्याएको चेन्नईले निर्धातिर २० ओभरमा ५ विकेटको क्षतिमा २ सय १ रन मात्र बनाउन सक्यो।

    चेन्नईका डेभोन कन्वे ६९ रन बनाउँदै रिटायर्ड हर्ट भए। शिवम दुवेले ४२ र ओपनर रचिन रविन्द्रले ३६ रन थपे।

    महेन्द्र सिंह धोनी २७ रन बनाउँदा क्याच आउट हुन पुगे। त्यसअघि टस जितेर ब्याटिङ गरेको पन्जावले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा २ सय १९ रनको योगफल तयार पारेको थियो।

    पन्जावका लागि ओपनर आर्याले शतक पूरा गरे। उनले ४२ बलमा ७ चौका र ९ छक्का सहयोगमा १ सय ३ रनको योगदान दिए।

    त्यसपछीका मध्यक्रमका ब्याटर लामो समय क्रिजमा टिक्न नसकेको खेलमा सशान्क सिंह ५२ र मार्को जेनसन ३४ रनमा अविजित रहे।

    जितसँगै चार खेलबाट ६ अंक भएको पन्जाव चौथो स्थानमा छ। समान खेलबाट समान अंक भएपनि नेट रनरेटमा पछि पर्दै लखनउ पाचौँ स्थानमा रहेको छ।

    मंगलबार कै पहिलो खेलमा कोलकता नाइट राइडर्समाथि ४ रनको रोमाञ्चक जित निकाल्दै लखनउ सुपर जायन्ट आइपीएलको छैटौँ स्थानमा पुगेको हो।

    प्रतिक्रिया दिनुहोस्
    images
    images