images
images
  • यमनको निर्णायक गोलमा कुमारी क्लबको पहिलो जित

    काठमाडौं । यमन महर्जनको निर्णायक गोलमा सहिद स्मारक ‘बी’ डिभिजन लिगमा श्री कुमारी क्लबले पहिलो जित दर्ता गरेको छ ।

    सोमबार सातदोबाटोस्थित एन्फा मुख्यालयमा सम्पन्न पहिलो खेलमा कुमारीले बाँसबारीलाई १–० ले पराजित गर्दै पहिलो जित दर्ता गरेको हो ।

    श्री कुमारीको जितमा यमनले गरेको गोल नै टोलीका निम्ति पर्याप्त बन्यो । उनले खेलको ७५औँ मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए ।

    जितसँगै श्री कुमारीले लिगको पहिलो जितबाट पराजित यात्रा तोडेको छ । कुमारीले एक जित र चार हारसँगै पाँच खेलबाट तीन अंक बनाएको छ । यसअघि उसले ब्रिगेड ब्वाइज, वीरगन्ज युनाइटेड, च्यासल र श्री भगवती क्लबसँग पराजय खेपेको थियो ।

    पराजित बाँसबारीले भने समान दुई जित र तीन हारसहित पाँच खेलमा ६ अंक कायम गरेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images