images
images
  • इङ्लिस प्रिमियर लिग: लिभरपुलको अपराजित यात्रामा पूर्णविराम

    इङ्लिस प्रिमियर लिगमा लिभरपुलको २६ खेलको अपराजित यात्रामा पूर्णविराम लागेको छ।

    आइतबार राति क्रेभेन कटेजमा फुलहामसँग ३–२ ले पराजित भएपछि प्रिमियर लिगमा लिभरपुलको २६ खेलको अपराजित यात्रामा पूर्णविराम लागेको हो।

    पहिलो हाफको १४ औँ मिनेटमा एलेक्सिस म्याक्स एलिस्टरको गोलमा लिभरपुलले सुरुवाती अग्रता बनाएको थियो। तर खेलको २३ औँ मिनेटमा रायन सेसेग्नोनले गोल गर्दै फुलहामलाई बराबरीमा ल्याएका थिए।

    पहिलो हाफको ३२ औँ मिनेटमा एलेक्स इवोबीको गोलमा फुलहामले अग्रता दोब्बर पार्‍यो। ३७ औँ मिनेटमा रोड्रिगो मुनिजले गोल गर्दै पहिलो हाफमा नै फुलहामलाई ३–१ को अग्रता दिलाए।

    पहिलो हाफमा नै पछि परेको लिभरपुलले दोस्रो हाफमा खेलमा फर्कने प्रयास गरेपनि सफल हुन सकेन। खेलको ७२ औँ मिनेटमा लुइस डियाजको गोलमा लिभरपुल खेलमा फर्कने प्रयास गरेको थियो। तर त्यसपछि कुनै गोल हुन नसक्दा हार भोग्न बाध्य भयो।

    गएराति नै भएको खेलमा म्यानचेस्टर युनाइटेड र म्यानचेस्टर सिटीले गोलरहित बराबरी खेल्दै अंक बाँडे। गएराति नै चेल्सीले ब्रेन्टफोर्डसँग गोलरहित बराबरी खेल्दै अंक बाँडेको छ।

    टोटनहमले भने साउथहेप्टनमाथि ३–१ को जित हात पार्‍यो।

    प्रतिक्रिया दिनुहोस्
    images
    images