images
images
  • प्रदर्शनमा आयो फिल्म ‘वसन्त’ 

    आज शुक्रबार सिनेमा हलहरुमा नेपाली फिल्म ‘वसन्त’ प्रदर्शनमा आएको छ । प्रकाश सपुतको डेब्यु निर्देशकीय फिल्म ‘वसन्त’सहित विदेशी फिल्म ‘अ माइनक्राफ्ट मुभी’ हलमा लागेका हुन् ।

    गलबन्दी प्रोडक्सनको प्रस्तुतिमा बनेको सोसल ड्रामा ‘वसन्त’ को कथा, पटकथा र संगीत पनि निर्देशक सपुतले तयार गरेका हुन् ।

    यस फिल्ममा प्रकाससहित स्वस्तिमा खड्का, प्रभात पाल ठकुरी, श्री शिभान्सी, उर्मिला लाम्गादे र खड्क बहादुर पुन (खबपु), अनुप बराल, कमलमणी नेपाल, प्रकाश घिमिरे, विशाल पहारीको अभिनय छ ।

    विपन्न विश्वकर्मा समुदायको छोराको लेखक बन्ने सपना र लक्ष्य हासिल गर्न संघर्षको कथा फिल्मले समेटेको छ ।

    सिनेमाको निर्मातामा मोहन विश्वकर्मा र बिन्दु बोहोरा तथा कार्यकारी निर्मातामा अनुरोध भट्टराई, नाना थकाली र वीरेन्द्र नारायण श्रेष्ठ छन् ।

    त्यसैगरी, हलिउड फिल्म ‘अ माइनक्राफ्ट मुभी’ एक्सन, कमेडी र एडभेन्चर जनरामा बनेको हो । जारेड हेस निर्देशित यस फिल्ममा जेनिफर कुलिज, जेसन मोमोआ, एम्मा मायर्स मुख्य भूमिकामा छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images