images
images
  • दोर्दी खोलकाको हकप्रद बिक्री खुला

    काठमाडौं । दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडले आज चैत १९ गतेदेखि हकप्रद शेयर निष्काशन तथा बिक्री खुला गरेको छ । उक्त शेयरमा फागुन १५ गतेसम्म कायम शेयरधनीले आवेदन दिन पाउँने कम्पनीले जनाएको छ ।

    कम्पनीले आफ्नो चुँक्ता पुँजी एक अर्ब पाँच करोड ४२ लाख ६० हजार चार सय रुपैयाँको शत प्रतिशत अर्थात एक करोड ५ लाख ४२ हजार ६०४ कित्ता शेयर निष्काशन गर्न लागेको हो । प्रति कित्ता शेयरको अंकित मूल्य १०० रुपैयाँ रहेको छ ।

    उक्त हकप्रदमा वैशाख ८ गतेसम्म आवेदन दिन सकिने छ ।

    नेपाल धितोपत्र बोर्डबाट इजाजतपत्र प्राप्त सि-आस्वा (C-ASBA) सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाबाट सि-आस्वा (CASBA) प्रणाली मार्फत समेत आवेदन दिन सकिने छ । साथै सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट निर्माण गरिएको सफ्टवेयर “मेरो शेयर” प्रयोग गरी अनलाइन मार्फत आवेदन दिन सकिनेछ ।

    यसका साथै, ​​सानिमा बैंक लिमिटेड, विराटनगर शाखा, वीरगञ्ज शाखा, बिरौटा शाखा, पोखरा, कास्की, बुटवल शाखा, नेपालगञ्ज शाखा, बिरेन्द्रनगर शाखा, धनगढी शाखा, वेसीसहर शाखा, सानिमा क्यापिटल लिमिटेड, सम मार्ग, नक्साल, काठमाण्डौं गएर पनि आवेदन दिन सकिने छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images