images
images
  • ‘स्त्री २’ अभिनेता राजकुमार रावसँग देखिइन् निकिता चण्डक

    अभिनेत्री निकिता चाण्डक यतिबेला बलिउड फिल्मको तयारीमा छिन् । बलिउड निर्देशक संजयलीला भन्सालीको आगामी प्रोजेक्टमा उनले काम गर्ने केही अगाडि सार्वजनिक भएको छ ।

    पूर्व मिस नेपालसमेत रहेकी चण्डक बलिउड फिल्म अगाडि ‘स्त्री–२’ अभिनेता राजकुमार रावसँग विज्ञापनमा देखिएकी छिन् । दुबै टीटी नामक गञ्जीको विज्ञापनमा देखिएका हुन् ।

    विज्ञापन सुटबाट…’ क्याप्सनसहित निकिताले इन्स्टाग्राममा राजकुमारसँगको छोटो क्लिप सेयर गरेकी छन् । पोस्टमा अभिनेता रावलाईसमेत मेन्सन गरिएको छ ।

    चण्डक अभिनेता बिराज भट्टको फिल्म ‘साङ्लो’बाट नेपाली फिल्म अभिनयमा डेब्यु गरेकी हुन् । उनी पछिल्लो समय फिल्म ‘राजागञ्ज’मा देखिएकी थिइन् । निकिताले सन् २०१७ मा मिस नेपालको उपाधि जितेकी हुन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images