चलचित्र ‘वसन्त’को चार मिनेट लामो ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरले नेपाली समाजमा जातप्रथाका कारण उत्पन्न समस्याहरूलाई उजागर गरेको छ ।
ट्रेलरमा छुवाछुतका कारण प्रेममा आएका अवरोध र त्यसका प्रभावहरू देखाएको छ । यसले छुवाछुतको अन्त्यका लागि सशस्त्र द्वन्द्वको बाध्यात्मक अवस्थालाई पनि समेटेको छ ।
चलचित्रका मुख्य कलाकारमा प्रकाश सपुत र स्वस्तिमा खड्का छन् । साथै अन्य कलाकारहरूमा प्रभात पाल ठकुरी, उर्मिला लाम्गादे, खड्का बहादुर पुन, अनुप बराल आदि छन् ।
यो चलचित्र प्रकाश सपुतले निर्देशन र लेखन गरेका छन् भने मोहन विश्वकर्मा र बिन्दु बोहोरा यसको निर्माता हुन् । २२ गते प्रदर्शन हुने चलचित्रको कार्यकारी निर्मातामा अनुरोध भट्टराई, नाना थकाली र वीरेन्द्र नारायण श्रेष्ठ छन्।
प्रतिक्रिया दिनुहोस्




















