काठमाडौं । ललितपुर महानगरपालिकाका ६६ जना जनप्रतिनिधिले महानगरको नगरसभा बहिष्कार गरेका छन् ।
नगरसभामा रहेका ९२ सदस्यहरुमध्ये नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)बाट निर्वाचित बहुमत ६६ जना नगरसभा सदस्यहरुले बहिष्कार गरेका हुन् । अहिले महानगरको आगामी आर्थिक वर्ष २०७८र८९ को बजेट सार्वजनिक भइरहेको छ ।
ललितपुरमा मेयर चिरीबाबु महर्जन र उपमेयर गिता सत्याल नेपाली कांग्रेसका हुन् । मेयर र उपमेयर कांग्रेसको भए पनि लतिलपुर महानगरमा कांग्रेस अल्पमतमा छ ।
ललितपुर–३ का वडाध्यक्ष श्रीगोपाल महर्जनले महानगरपालिकाको नीति तथा कार्यक्रम चित्त नबुझेकाले बहिष्कार गरेको बताए ।
प्रतिक्रिया दिनुहोस्























