नेपाली फिल्म ‘अञ्जिला’ हालै रिलिज भएको छ र नेपालमा राम्रो दर्शक पाइरहेको छ । फिल्मको विदेशमा पनि माग बढेको छ, तर निर्माण पक्षले विज्ञप्ति जारी गर्दै भ्रामक सूचना फैलिएको स्पष्ट पारेको छ ।
निर्माता प्रेमकुमार श्रेष्ठ र निर्देशक मिलन चाम्सले फिल्म हाल जापान, कोरिया, क्यानडा र हङकङ बाहेक अन्य कुनै देशमा प्रदर्शन नभएको बताएका छन् ।
फिल्म, नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी कप्तान एन्जिला तुम्बापो सुब्बाको जीवनमा आधारित छ, जसले कठिन पारिवारिक परिवेशबाट व्यावसायिक फुटबल खेलाडी बन्ने सपना पुरा गरेकी छन् ।
निर्देशक मिलन चाम्सको फिल्ममा एन्जिलासहित माओत्से गुरुङ, दयाहाङ राई, सुमिन गुरुङ, सुनिल थापा, बुद्धि तामाङ, विजय बराल र मञ्जु श्रेष्ठ लगायतका कलाकारहरूको अभिनय छ ।
प्रतिक्रिया दिनुहोस्




















