हास्य टेलिसिरियल ‘सक्किगोनि’ को तेस्रो सिजन बन्द भएको छ । एजेन्सी एड लिभसँग १०४ भाग निर्माण सर्त भएको सिरियल समय अगाडि नै बन्द भएको हो ।
चौथो सिजन अझ परिष्कृत रूपमा ल्याउने गरेर यो सिजन टुङ्ग्याएको बताइएको छ । ‘सक्किगोनि’ पछिल्लो समयको लोकप्रिय सिरियल हो ।
जेपीटी क्रिएसनले निर्माण गरेको ‘सक्किगोनि’ बन्द भएपनि यही टिमको कथानक फिल्म ‘लाज शरणम्’ अहिले हलमा प्रदर्शनरत छ ।
प्रतिक्रिया दिनुहोस्




















