सेयर बजार परिसूचक (नेप्से) घटेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार साताको कारोबारको दोस्रो दिन आज नेप्से १०.१४ अङ्कले घटेको हो ।
यसअघि साताको पहिलो कारोबार दिन आइतबार २१.६३ अङ्कले घटेको थियो । आज सेयर बजार परिसूचक १०.१४ अङ्कले घटेर २७१४.८५ विन्दुमा ओर्लिएको छ ।
यस्तै आज नेप्से घटेसँगै कारोबारमा पनि गिरावट आएको छ । ९९ लाख ३५ हजार ८७२ कित्ता शेयर बजारमा ५ अर्ब ४० करोड रुपैयाँ बराबरको कारोबार भयो । अघिल्लो दिन ६ अर्ब ८३ करोड रुपैयाँको कारोबार भएको थियो ।
८५ कम्पनीको मूल्य बढ्दा १४५ को घट्यो भने १३ को स्थिर रह्यो । बजारमा राप्ती हाइड्रो पावरको शेयर ९.८६ प्रतिशतले बढेको छ । सामुदायिक लघुवित्तको शेयर ८ प्रतिशत भन्दा धेरैले बढेको छ ।
त्यस्तै, ग्रिन डेभलपमेन्ट बैङ्कको सेयर मूल्य ५ प्रतिशतभन्दा बढी बढेको छ। कारोबारमा आएको महालक्ष्मी विकास बैङ्कको सेयर मूल्य ५.६३ प्रतिशत र घलुम्दी हाइड्रोको सेयर मूल्य साढे ४ प्रतिशत घटेको छ।
कारोबार रकमका आधारमा हिमालयन रि इन्स्योरेन्स कम्पनीको ४३ करोड ९३ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । त्यस्तै, नेपाल पुनर्बीमा कम्पनीको साढे ३० करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ । १३ उपसमूहमध्ये य ४ उपसमूहको परिसूचक बढेको छ भने ८ उपसमूहको परिसूचक घटेको छ ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 




















