images
images
  • क्रेष्ट माइक्रो लाइफको आईपीओमा १३.२७ गुणा बढी आवेदन

    काठमाडौं । क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स कम्पनीले निष्काशन गरेको आईपीओमा १३.२७ गुणा बढी आवेदन परेको छ । कम्पनीले आम सर्वसाधारणका लागि फागुन २२ गतेदेखि निष्काशन तथा बिक्री खुलाएको आईपीओमा आज अन्तिम दिन सोमबार साझ ५ बजेसम्म १३.२७ गुणा आवेदन परेको सीडीएस एण्ड क्लियरिङ लिमिटेडले जनाएको छ ।

    कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा २२ लाख ५० हजार कित्ता आईपीओ जारी गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो । जसमध्ये वैदेशिक रोजगारीमा रहेका नेपालीलाई प्रतिकित्ता १०० रुपैयाँका दरमा २ लाख २५ हजार कित्ता आईपीओ बिक्री गरिसकेको छ। त्यस्तै, ६७ हजार ५०० कित्ता शेयर कर्मचारी र १ लाख १२ हजार ५०० कित्ता सेयर सामूहिक लगानी कोषका लागि छुट्याएको छ।

    सर्वसाधारणले बाँकी रहेको १८ लाख ४५ हजार कित्ता शेयर जारी गरेको थियो, जसमा २० लाख ४८ हजार ५३८ जनाले २ करोड ४४ लाख ९२ हजार १७० कित्ता शेयरका लागि आवेदन दिएका हुन् ।

    क्रेस्टमाईक्रो इन्स्योरेन्स कम्पनी लघु जीवन बीमा व्यवसाय गर्न इजाजतपत्र प्राप्त कम्पनी हो । कम्पनीको अधिकृत पुँजी १ अर्ब, जारी पुँजी ७५ करोड रुपैयाँ तथा चुक्ता पुँजी ५२ करोड ५० लाख रुपैयाँ छ । आईपीओ निष्कासनपछि चुक्ता पुँजी ७५ करोड रुपैयाँ पुग्नेछ । यसमध्ये संस्थापक सेयरधनीको हिस्सा ७० प्रतिशत र सर्वसाधारण सेयरधनी समूहको हिस्सा ३० प्रतिशत रहनेछ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images