images
images
  • नेपाल र म्यानमारबीचको फाइनल खेलको टिकटदर : प्याराफिटको एक हजार, भीआईपीको २ हजार

    काठमाडौँ- ४ देशीय महिला अन्तर्राष्ट्रिय च्याम्पियनसिपको फाइनलको टिकट तोकिएको छ।

    अखिल नेपाल फुटबल एसोसिएसन (एन्फा)का अनुसार नेपाल र म्यानमारबीच बुधवार हुने फाइनल खेल लागि भीआइपी पाराफिटका लागि २ हजार रुपैयाँ र साधारण पाराफिटका लागि १ हजार रुपैयाँ टिकट दर कायम गरिएको छ।

    लिगमा भीआइपीतर्फ १ हजार र‌ साधारणतर्फ ५ सय रुपैयाँको‌ टिकट दर राखिएको थियो। च्याम्पियनसिपमा नेपाल, लेबनान, ताजकिस्तान र म्यानमार सहभागी छन्। नेपाल र म्यानमार फाइनल पुगेका हुन्।

    उपाधिका लागि यी दुई टोली बुधबार दशरथ रंगशालामा भिड्नेछन्। समूह चरणको अन्तिम खेलमा दुई टोली २-२ गोलमा रोकिएका थिए।

    प्रतिक्रिया दिनुहोस्
    images
    images