images
images
  • मह जोडीले भने– धर्मको विरोध गरेका छैनौँ, अनर्गल प्रचार नगरियोस्

    काठमाडौं । मह जोडीले आफूहरुका विरुद्धमा अनर्गल प्रचार गरिएको भन्दै रोकिदिन आग्रह गरेका छन् ।

    उनीहरुले सामाजिक सञ्जालमार्फत् यस्तो अनुरोध गरेका हुन् ।

    मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले एक भिडियो सन्देशमा यस्तो अनर्गल प्रचार नगरिदिन अनुरोध गरेका हुन् ।

    “यूएसएडको पैसा लिएर धर्म परिवर्तन गराएको भनेर अनर्गल प्रचार गरिएको छ । यसले अत्यन्त दुःखी गराएको छ । संसारमा राम्रो पनि छन् नराम्रो पनि हामीले राम्रोमात्रै छानेर काम गर्दै आएका छौँ,” श्रेष्ठले भने, “रोगका विषयमा हामीले जनचेतना फैलाउने काम गरेका छौँ ।”

    आचार्यले आफूहरु दुवैजना अहिले चलचित्रमा काम गरिरहेका बेलामा अनर्गल प्रचार गरेर दुःख दिइएको बताए ।

    उनले आफूहरुले गरेका सबै काम यूट्युबमा पनि राखिएको बताउँदै भने, “सनातन धर्मको विरोध गरेका छैनौँ । अनर्गल प्रचार हो । ०५२ सालमा सराध्य बनाएका थियौँ । त्यहाँ पण्डितलाई व्यंग्य गरिएको छ । पण्डित भन्दैमा भगवान हुँदैनन् । म पनि पण्डितको छोरो हो । कपोकल्पित कुरा गरेर भ्रममा पार्ने काम बन्द गरौँ ।”

    प्रतिक्रिया दिनुहोस्

    images
    images