images
images
  • बास्केटबलमा भारतलाई हराउँदै नेपाल च्याम्पियन

    काठमाडौं : राइभल भारतविरुद्ध २१–१७ को जित निकाल्दै नेपाल थ्री बाइ थ्री अन्तर्राष्ट्रिय बास्केटबल प्रतियोगिताको च्याम्प्यिन बनेको छ।

    त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् राखेप कभर्डहलमा सम्पन्न प्रतियोगिताको विजेता नेपालले १ हजार २०० र उपविजेता राइभल भारतले ४०० अमेरिकी डलर प्राप्त गरे।

    विजय बुर्जाको कप्तानीमा रहेको नेपाली टोलीमा मनिष केसी, निश्चल महर्जन र निकेश राखल मगर थिए।

    निकेश प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित भए। उनले २५० अमेरिकी डलर प्राप्त गरे।

    फ्रिडम ग्लोबल नेटवर्क र राइभल नेसन्सले आयोजना गरेको प्रतियोगितामा नेपाल, भारत र पाकिस्तान सहभागी थिए।

    डबल राउन्ड रोबिनमा सञ्चालित प्रतियोगिताको शीर्ष दुईमा रहँदै नेपाल र भारतले उपाधिका लागि प्रतिस्पर्धा गरेका थिए।

    विजेतालाई नेपाल भलिबल संघका अध्यक्ष भीमसिंह गुरुङलगायतले पुरस्कृत गरे।

    प्रतिक्रिया दिनुहोस्
    images
    images