images
images
  • आहा रारा गोल्डकप: दोस्रो सेमिफाइनलमा आज थ्रीस्टार र उज्वेकिस्तानको टोली भिड्दै

    आहा रारा पोखरा गोल्डकपको दोस्रो सेमिफाइनलमा आज पाँच पटकको च्याम्पियन थ्रीस्टार क्लब र उज्वेकिस्तानको ब्ल्याक बुल्स एफसी भिड्दैछन्।

    पोखरा रागंशालामा हुने दोस्रो सेमिफाइनल खेल दिउँसो साढे २ बजेदेखि सुरु हुनेछ।

    क्वार्टरफाइनलमा थ्रीस्टारले टाइब्रेकरमा मछिन्द्र एफसीलाई ४–२ ले हराउँदै फाइनलमा स्थान बनाएको थियो।

    उता अन्तिम क्वार्टरफाइनलमा सिक्कीमको थन्डरबोल्टस् नर्थ युनाइटेडलाई ३–० गोल अन्तरले हराउँदै उज्वेकिस्तानको ब्ल्याक बुल्स एफसीले थ्रीस्टारसँगको भेट पक्का गरेको हो।

    यो खेलको विजेताले उपाधिका लागि ६ पटकको च्याम्पियन नेपाल पुलिस क्लबको सामना गर्नेछ। पुलिस क्लबले पहिलो सेमिफाइनलमा चर्च ब्वाइज युनाइटेडलाई १–० ले पराजित गर्दै उपाधि नजिक पुगेको थियो।

    प्रतियोगिताको उपाधि भिडन्त शनिबार हुनेछ। प्रतियोगिताको उपाधि विजेताले १२ लाख १ हजार तथा उपविजेताले ६ लाख १ हजार रुपैयाँ प्राप्त गर्नेछन्।

    प्रतिक्रिया दिनुहोस्
    images
    images