images
images
  • १३ लाख नागरिकलाई तत्काल कोभिसिल्डको दोस्रो डोज खोप लगाउने व्यवस्था गर्न सर्वोच्चको आदेश

    काठमाडौं । सर्वौच्च अदालतले ६५ वर्षमाथिका ज्येष्ठ नागरिकहरुलाई तत्काल दोस्रो डोज खोप लगाउने व्यवस्था गर्न अन्तरिम आदेश दिएको छ ।

    कोरोनाविरुद्धको खोप लगाउनुपर्ने हकदाबी गर्दै ज्येष्ठ नागरिकले दायर गरेको रिटमा सरकारका नाममा न्यायाधीश ईश्वर खतिवडाको इजलासले आदेश जारी गरेको हो ।

    काभ्रेपलान्चोक र सुर्खेतका दुई ज्येष्ठ नागरिकले सर्वोच्च अदालतमा सोमबार रिट दायर गरेका थिए । काभ्रेका ७५ वर्षीय अर्जुनराज गिरी र सुर्खेतका ६५ वर्षीय पूर्णप्रसाद पौडेलले रिट दायर गरेका हुन् । उनीहरुले कोरोनाविरुद्धको पहिलो डोज खोप लगाएको तर दोस्रो डोज लगाउन नपाएपछि सर्वोच्चलाई गुहारेका थिए ।

    २०७७ फागुनमा पहिलो डोज खोप लगाएका उनीहरुले चार महिना वितिसक्दासमेत दोस्रो डोज नपाएपछि सर्वोच्चमा रिट हालेका हुन्। पहिलो डोज खोप लगाएको आज १०५ दिन अर्थात् १५ हप्ता पुगिसक्दासमेत नपाएको उनीहरुको रिटमा भनिएको थियो । आफूहरु जस्तै करिब १३ लाखभन्दा बढी ज्येष्ठ नागरिकले कोभिसिल्ड खोपको पहिलो डोज लगाएको तर दोस्रो डोज नपाएको रिटमा उल्लेख छ ।

    सरकार आम नागरिकको जनस्वास्थ्य जस्तो संवेदनशील विषयबाट बेखबर बनिरहेको दाबी रिटमा गरिएको छ सुर्खेतमा स्वास्थ चौकीमा बोलाएर वृद्धलाई खोप नदिई बिना सूचना अन्यत्र नै पठाइएको र केही सुरक्षाकर्मीलाई दिइएको दाबी रिटमा गरिएको थियो ।

    सर्वोच्चले जेठ ४ गते पहिलो डोज लगाएका व्यक्तिहरुलाई दोस्रो डोज लगाउने व्यवस्था गर्नु भनि जारी भएको आदेशको समेत पालना नभएको रिटमा उल्लेख छ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images