images
images
  • एम्बाप्पेको निर्णायक गोलमा रियल मड्रिड हारबाट जोगियो

    केलियन एमबाप्पेको निर्णायक गोलमा रियल मड्रिड स्पेनिस ला लिगामा हारबाट जोगिएको छ।

    शनिबार राति भएको मड्रिड डर्वीमा रियलले एथलेटिको मड्रिडसँग १–१ को बराबरी गर्दै अंक खोसेको हो।

    खेलको ३५ औँ मिनेटमा जुलियन अल्भारेजको पेनाल्टी गोलमा एथलेटिको सुरुवाती अग्रता बनाएको थियो।

    पहिलो हाफमा १–० ले पछि परेको रियलले खेलको दोस्रो हाफमा पुनरागमन गर्दै अंक खोस्न सफल भएको हो। खेलको ५० औँ मिनेटमा केलियन एमबाप्पेको गोलमा रियल खेलमा फर्किएको थियो।

    त्यसपछि खेलमा थप गोल हुन नसक्दा दुबै टोलीले एक एक अंक बाँडे। बराबरीपछि एथलेटिकोले शीर्ष स्थानमा पुग्ने सुन्दर मौका गुमायो।

    लिगको २३ खेलमा १५ खेल खेलेमा जित, ५ खेलमा बराबरी र ३ खेलमा बराबरी गरेको रियल ५० अंकमा शीर्ष स्थानमा छ। समान खेलबाट १४ खेलमा जित, ७ मा बराबरी र २ मा हार भोगेको एथलेटिको ४९ अंकमा दोस्रो स्थानमा छ।

    मड्रिडभन्दा एक खेल कम खेलेको बार्सिलोना ४५ अंकमा तेस्रो स्थानमा छ। गएराति भएको अर्को खेलमा एथलेटिको क्लबले जिरोनालाई ३–० ले तथा तथा सेल्टा भिगोले रियल बेटीसलाई ३–२ ले हराएको हो।

    अर्को खेलमा भिल्ला रियलले लस पलमासलाई २–१ ले पाखा लगायो।

    प्रतिक्रिया दिनुहोस्
    images
    images