images
images
  • ग्लोबल आईएमई बैंकले एनएफपीजेका सदस्यलाई क्यामेरा किन्न विना धितो कर्जा दिने

    काठमाडौं – ग्लोबल आईएमई बैंक लिमिटेडले राष्ट्रिय फोटोपत्रकार समूह नेपाल (एनएफपीजे) का सदस्यहरुलाई क्यामरा खरिदको लागि विना धितो कर्जा उपलब्ध गराउने भएको छ ।

    सम्झौता पत्रमा बैंकका हेड ट्रान्जेक्सन बैंकिङ विभागका प्रमुख प्रकाश पौडेल र एनएफपीजेका अध्यक्ष प्रदीपराज वन्तले हस्ताक्षर गरेका छन् ।

    बैंकले क्यामेरा खरिदका लागि २ लाखदेखि ५ लाख रुपैयाँसम्म विना धितो कर्जा प्रवाह गर्ने समझदारी भएको छ ।

    बैंकले फोटो पत्रकारहरूलाई क्यामेरा खरिद गर्न ६ महिनादेखि १८ महिनासम्म सरल किस्ताबन्दी सुविधा सहित कर्जा उपलब्ध गराउने छ ।

    कर्जाका लागि फोटो पत्रकारहरूले आवश्यक कागजात र आवेदन फारमसहित एनएफपीजेको सिफारिसमा कर्जाका लागि बैंकमा सम्पर्क गर्नुपर्ने छ

    प्रतिक्रिया दिनुहोस्

    images
    images