images
images
  • बाढीपहिरो प्रभावितका लागि टीसीपी ग्रुपद्वारा १० लाख थाई भाट सहयोग

    काठमाडौं – रेड बुलको मूल कम्पनी तथा नेपालमा रहेको सरस बेभरेजेजको संयुक्त लगानी साझेदार टीसीपी ग्रुपले नेपालका बाढीपहिरो प्रभावितका लागि १० लाख थाई भाट सहयोग गरेको छ ।

    टीसीपी ग्रुपले थाई रेडक्रस सोसाइटीमार्फत नेपालमा हालै आएको आकस्मिक बाढी तथा पहिरोबाट प्रभावित समुदायको राहत तथा सहयोगका लागि उक्त रकम प्रदान गरेको हो ।

    टीसीपी ग्रुपका अन्तर्राष्ट्रिय व्यापार निर्देशक एन्ड्रास डोनाउर र कर्पोरेट मामिला तथा सञ्चार निर्देशक अजार्री सुवाङ्गुलले थाई रेडक्रस सोसाइटीलाई सहयोग रकम हस्तान्तरण गरेका थिए ।

    सहयोग रकम थाई रेडक्रस सोसाइटीको कोष सङ्कलन ब्युरोका निर्देशक खान प्राचुआबमोह र उपनिर्देशक जानप्रापा विचित्चोल्चाईले ग्रहण गरेका थिए ।

    टीसीपी ग्रुपले नेपालमा सरस बेभरेजेजमार्फत लामो समयदेखि व्यावसायिक उपस्थिति जनाउँदै आएको छ । सरस बेभरेजेजले नेपालमा रेड बुलको उत्पादन तथा वितरण गर्दै आएको छ ।

    कम्पनीका अनुसार नेपालको अमरापुरीस्थित सरस बेभरेजेजको उत्पादन केन्द्रबाट घरेलु बजारका लागि रेड बुल उत्पादन हुँदै आएको छ । नेपालमा टीसीपी ग्रुपको उपस्थिति उत्पादन, रोजगारी तथा लगानीका क्षेत्रमा समेत रहेको कम्पनीले जनाएको छ ।

    टीसीपी ग्रुपले पछिल्लो सहयोगमार्फत बाढीपहिरोबाट प्रभावित नेपाली समुदायप्रति ऐक्यबद्धता जनाउँदै राहत तथा उद्धार प्रयासमा सहयोग गरेको जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images