images
images
  • कामना सेवा विकास बैंकद्वारा रेडक्रसलाई सर्पदंश उपचार उपकरण सहयोग

    काठमाडौं – कामना सेवा विकास बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत झापाको दमकस्थित नेपाल रेडक्रस सोसाइटीलाई सर्पदंश उपचारमा प्रयोग हुने स्वास्थ्य उपकरण सहयोग गरेको छ ।

    बैंकको दमक शाखामार्फत दमक नगरपालिका–७ स्थित नेपाल रेडक्रस सोसाइटीलाई कार्डियो मनिटर र सक्सन मेसिन हस्तान्तरण गरिएको हो ।

    स्वास्थ्य उपचारका लागि अत्यावश्यक यी उपकरण सर्पदंशलगायत आकस्मिक अवस्थाका बिरामीको उपचारमा उपयोगी हुने बैंकले जनाएको छ ।

    बैंकका कोशी प्रदेश प्रमुख खिमलाल भुसालले नेपाल रेडक्रस सोसाइटीकी सभापति गोमा देवी प्रसाईं बुढाथोकीलाई उक्त उपकरण हस्तान्तरण गरेका थिए ।

    रेडक्रस सोसाइटीकी सभापति बुढाथोकीले सहयोगका लागि बैंकलाई धन्यवाद दिँदै कार्डियो मनिटरले सर्पदंशका कारण गम्भीर अवस्थामा पुगेका बिरामीको स्वास्थ्य अवस्था निरन्तर निगरानी गर्न सहयोग पुग्ने बताइन् ।

    त्यस्तै, सक्सन मेसिन आकस्मिक अवस्थामा बिरामीको श्वासप्रश्वास सहज बनाउन उपयोगी हुने उनले उल्लेख गरिन् ।

    कार्यक्रममा बैंकका कोशी प्रदेश प्रमुख भुसालले स्वास्थ्य सेवा समुदायको आधारभूत आवश्यकता भएकाले स्थानीयस्तरमा उपलब्ध स्वास्थ्य स्रोतसाधनलाई थप प्रभावकारी बनाउन सहयोग गर्न पाउँदा बैंक गौरवान्वित भएको बताए ।

    उनले बैंकले सामाजिक उत्तरदायित्वअन्तर्गत शिक्षा, स्वास्थ्य तथा सामाजिक सेवाका क्षेत्रमा निरन्तर सहयोग गर्दै आएको जानकारी दिए ।

    उपकरण सहयोगले दमक क्षेत्रका नागरिकलाई आकस्मिक स्वास्थ्य उपचार आवश्यक पर्दा थप सहजता पुग्ने विश्वास व्यक्त गरिएको छ ।

    कार्यक्रममा बैंकका कर्मचारी, नेपाल रेडक्रस सोसाइटीका अधिकारी तथा सदस्यहरूको उपस्थिति रहेको थियो ।

    बैंकले आगामी दिनमा पनि मानवीय तथा सामाजिक सेवाका क्षेत्रमा सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images