images
images
  • कोपा डेल रेको सेमिफाइनलमा रियल

    काठमाडौँ- स्पेनिस टिम रियल म्याड्रिड कोपा डेल रेको सेमिफाइनल पुगेको छ। लेगानेसलाई बुधवार दोस्रो क्वाटरफाइनलमा ३-२ ले पराजित गर्दै रियल अन्तिम चारमा पुगेको हो। रियलको जितमा गोन्जालो गार्सियाले इन्ज्युरीमा गोल गरे।

    गार्सियाअघि रियलका लागि लुका मोड्रिच, एन्ड्रिकले गोल गरे । लेगानेसका लागि दुवै गोल हुवाँ कुजले गरे ।

    घरेलु मैदानमा २-० ले पछि परेको अवस्थाबाट लेगानेसले २-२ को बराबरी गरेपनि अन्त्यमा हारको सामना गर्नुपर्‍यो। मोड्रिचले १८ औं‌ र एन्ड्रिकले २५ औं मिनेटमा गोल गरेपछि रियल २-० ले अघि बढ्यो । लेगानेसका क्रुजले ३९ औं मिनेटमा पेनाल्टीमा गोल गरेपछि पहिलो हाफको समाप्तिमा रियल २-१ ले अघि रह्यो।

    क्रुजले ५९ औं मिनेटमा बराबरी गोल गर्दै लेगानेस खेलमा फर्काए। थप समय तर्फ उन्मुख खेलको इन्ज्युरी समयको तेस्रो मिनेटमा गार्सियाले गोल गर्दैै रियललाई रोमान्चक जित दिलाए। मंगलबार गेटाफेलाई ५-० ले हराउँदै एट्लेटिको मड्रिड कोपा डेल रे’को सेमिफाइनलमा पुगिसकेको छ ।

    बाँकी दुई क्वाटरफाइनलमा बिहीवार रियल सोसिडाड र ओसासुना तथा भ्यालेन्सिया र बार्सिलोनाबिच प्रतिस्पर्धा हुनेछ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images