images
images
  • कस्तो होला आज देशभरको मौसम?

    हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। यतिबेला (शनिबार बिहान) कोसी, गण्डकी, कर्णाली र सुदूरपश्चीम प्रदेशका पहाडी भूभागको मौसम आंशिक बदली छ। तराईका धेरै स्थानमा अहिले हुस्सु र कुहिरो लागेको छ।

    देशको बाँकी भूभागको मौसम भने मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।महाशाखाले शनिबार बिहान ६ बजे जारी गरेको बुलेटिनमा भनिएको छ, ‘बिहानको समयमा तराई तथा उपत्यका क्षेत्रका केही स्थानमा हुस्सु र कुहिरोको सम्भावना रहेकोले त्यसबाट दैनिक जनजीवन, कृषि, स्वास्थ्य, यातायात तथा हवाई उडानमा असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ।’

    चार प्रदेशको मौसम बदली भए पनि आज पानी पर्ने सम्भावना भने कतै नरहेको महाशाखाले जनाएको छ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images