images
images
  • विवाह गरेको वर्ष दिन नपुग्दै गायिका एलिना चौहानले दायर गरिन् सम्बन्ध विच्छेदको मुद्दा

    काठमाडौं-गायिका एलिना चौहानले विवाह भएको एक वर्ष नबित्दै सम्बन्धविच्छेदको मुद्दा दायर गरेकी छन् ।

    काठमाडौं जिल्ला अदालतमा उनले वारेस विष्णुप्रसाद खरेलमार्फत मुद्दा दायर गरेकी हुन् । एलिनाले जिल्ला अदालतमा पेस गरेको निवेदनमा आफू कलाकारिता क्षेत्रमा काम गर्ने भएकाले कार्यक्रममा सहभागी हुँदा कहिलेकाहीँ राति अबेरसम्म बस्नुपर्ने हुँदा पति विष्णु सापकोटाले विभिन्न शंका–उपशंका गरेको र चरित्रमाथि प्रश्न उठाएको खुलाएकी छन् ।

    विवाहपछि आफू अस्ट्रेलियामै पतिसँग गएर बसेको जिकिर गर्दै उनले यस क्रममा सुरुका केही दिन राम्रै भएपनि पछि सम्बन्धमा खटपट आएपछि आफू नेपाल आएर बस्न थालेको जनाएकी छन् । पतिले अनेक शंका-उपशंका गरेको र चरित्रमाथि नै प्रश्न उठाएको उनको आरोप छ ।

    ‘कार्यक्रममा सहभागी हुन जाँदा कहिलेकाहीँ केही अबेरसम्म पनि बस्नुपर्ने हुँदा विपक्षी पतिले अनेक शंका-उपशंका गर्ने, कार्यक्रमको बीचमा नै फोन गरेर तुरुन्त घर आइज भनी मेरो काममा समय दिन पनि बाधा पुर्‍याउने गर्दा मनमुटाव भइरहन्थ्यो,’ फिराद पत्रमा चौहानले लेखेकी छन्, ‘त्यस्तैमा ३ महिनाको बसाइपछि म नेपाल फर्किएँ।

    नेपाल फर्किएपछि पनि म कलाकारिताको क्षेत्रमा हुने विभिन्न कार्यक्रममा व्यस्त हुँदा निज विपक्षीले मेरो चरित्रमाथि शंकाको दृष्टिले हेरी अनेक लाञ्छना लगाउँदा मलाई मानसिक कष्ट भएको हुँदा हामी दुईबीचको वैवाहिक सम्बन्ध सुमधुर रहेर अगाडि बढ्न सकेन ।’

    alina bishnu’कार्यक्रममा सहभागी हुन जाँदा कहिलेकाहीँ केही अबेरसम्म पनि बस्नुपर्ने हुँदा विपक्षी पतिले अनेक शंका–उपशंका गर्ने, कार्यक्रमको बीचमा नै फोन गरेर तुरुन्त घर आइज भनी मेरो काममा समय दिन पनि बाधा पुर्याउने गर्दा मनमुटाव भइरहन्थ्यो,’ फिराद पत्रमा चौहानले लेखेकी छन्, ’त्यस्तैमा ३ महिनाको बसाइपछि म नेपाल फर्किएँ।

    नेपाल फर्किएपछि पनि म कलाकारिताको क्षेत्रमा हुने विभिन्न कार्यक्रममा व्यस्त हुँदा निज विपक्षीले मेरो चरित्रमाथि शंकाको दृष्टिले हेरी अनेक लाञ्छना लगाउँदा मलाई मानसिक कष्ट भएको हुँदा हामी दुईबीचको वैवाहिक सम्बन्ध सुमधुर रहेर अगाडि बढ्न सकेन ।’

    उनले विपक्षीलाई अदालतमा झिकाइ प्रमाण बुझेर सम्बन्धविच्छेद गराइदिन माग गरेकी छन् । उनीहरूले आफ्नो प्रेम सम्बन्धलाई यही २०८१ वैशाख ५ गते विवाहमा परिणत गरेका थिए ।​एलिनाका पति अस्ट्रेलियामा बस्छन् ।

    उनले पतिको अंश वा माना चामल कुनै नलिने र आफूसँग भएका गरगहना नदिने पनि फिराद पत्रमा उल्लेख गरेकी छन् । केही समयअघिदेखि यी दुईबीच सम्बन्ध सुमधुर नरहेको चर्चा चलिरहेको थियो । र, यही बीचमा मुद्दा परेको छ ।

    alina 1alina 2

    प्रतिक्रिया दिनुहोस्

    images
    images