images
images
  • सात वाणिज्य बैंक लाभांश दिन नसक्ने अवस्थामा

    काठमान्डौँ – हाल नेपालमा २० वाणिज्य बैंक छन्, पुस मसान्तसम्ममा उनीहरुको वितरणयोग्य नाफा औसत तीन अर्ब ७९ करोड १२ लाख ६९ हजार रुपैयाँले ऋणात्मक देखिएको छ । अर्थात्,६ महिनाको कारोबारबाट वाणिज्य बैंक क्षेत्र लाभांश दिने सक्ने अवस्थामा छैन ।

    समीक्षा अवधीमा २० बैंकले २७ अर्ब ४४ करोड रुपियाँ खुद नाफा कमाएका छन् । तर, बैैंकिङ क्षेत्रको वितरणयोग्य नाफा भने औसतमा ऋणात्मक देखिएको छ । वाणिज्य बैंकहरुले हालै सार्वजनिक गरेको दोस्रो त्रैमासको वित्तिय विवरणको प्रतिवेदनले यस्तो देखाएको हो ।

    समीक्षा अवधीमा सिद्धार्थ, राष्ट्रिय वाणिज्य, एनआईसी एसिया, नेपाल इन्भेष्टमेन्ट मेगा, प्रभु, हिमालयन र कुमारी बैंकको वितरणयोग्य नाफा ऋणात्मक छ ।

    तथ्यांकअनुसार सिद्धार्थको ३६ करोड १९ लाख, राष्ट्यि वाणिज्यको एक अर्ब २५ करोड ९१ लाख, एनआईसी एसियाको दुई अर्ब ६५ करोड ५७ लाख, नेपाल इन्भेष्टमेन्ट मेगाको दुई अर्ब ८६ करोड ३५ लाख, प्रभुको तीन अर्ब ३३ करोड १३ लाख, हिमालयनको तीन अर्ब ९५ करोड नौ लाख र कुमारीको छ अर्ब ४७ करोड ७६ लाख रुपैयाँले वितरणयोग्य नाफा ऋणात्मक छ ।

    छ महिनाको कारोबारबाट यी बैंकहरु लाभांश दिने अवस्थामा छैनन् । यद्यपि, आर्थिक बर्षान्तसम्म अवस्था सुध्रिएमा लाभांश वितरण गर्न सक्नेछन् ।

    छ महिनाको कारोबारको आधारमा यी बाहेक १३ वाणिज्य बैंक भने नाफा वितरण गर्नसक्ने अवस्थामा छन् । तथ्यांकअनुसार त्यसमा पहिलो नम्बरमा एभरेष्ट बैंक देखिएको छ । उक्त बैंकसँग सबैभन्दा धेरै अर्थात् दुई अर्ब ७१ करोड ६७ लाख रुपैयाँ वितरणयोग्य नाफा छ ।

    यसैगरि दोस्रो स्थानमा ग्लोबल आईएमई बैंक देखिन्छ । उक्त बैंकसँग दुई अर्ब ६४ करोड ५३ लाख रुपैयाँ वितरण योग्य नाफा छ । तेस्रो स्थानमा रहेको नविल बैंकसँग भने एक अर्ब ८९ करोड १७ लाख रुपैयाँ वितरणयोग्य नाफा छ ।

    यसैगरि प्राइम कर्मशियलसँग एक अर्ब ८४ करोड १७ लाख, सानिमासँग एक अर्ब ७९ करोड ९६ लाख, एनएमबीसँग एक अर्ब ३३ करोड ७७ लाख, कृषि विकाससँग एक अर्ब २२ करोड ९८ लाख, नेपाल एसबीआईसँग एक अर्ब २० करोड ७० लाख र स्ट्यान्डर्ड चार्टर्डसँग एक अर्ब १३ करोड ९० लाख रुपैयाँ वितरणयोग्य नाफा छ ।

    यसैगरि नेपाल बैंकसँग ६० करोड ७१ लाख, लक्ष्मी सनराइजसँग ३६ करोड ८५ लाख, माछापुच्छ्रेसँग १६ करोड ६२ लाख र सिटिजन्ससँग १५ करोड ८१ लाख रुपैयाँ वितरणयोग्य नाफा छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images