images
images
  • ‘एक्टर : टेक वन’विरुद्धको मुद्दा फिर्ता, रिलिजको बाटो खुल्यो

    काठमाडौं – ‘एक्टर’ र ‘एक्टर : टेक वन’ फिल्मका निर्माताबीच नामलाई लिएर चलिरहेको विवाद टुंग्याउने सहमति भएको छ । विहीबार दिउँसो आफूहरूबीच आन्तरिक सहमति जुटेको ‘एक्टर : टेक वन’का निर्माता मोती कार्कीले बताए ।

    दुबै फिल्मका निर्माताबीच लिखित समझदारी भएको छ । जसमा ‘एक्टर’का निर्माताले अदालतमा विचाराधिन मुद्दा फिर्ता लिने सहमति जुटेको उल्लेख छ । ‘हामीहरूबीच आन्तरिक सहमति भएको छ’ निर्माता कार्कीले भने ।

    कुन बुँदामा सहमति भएको उनले खुलाएनन् । सहमतिपछि दुबै निर्माताले वक्तव्य जारी गर्दै आजैको मितिदेखि फिल्मको प्रदर्शनमा सघाउन चलचित्र विकास बोर्ड र देशभरका हललाई आग्रह गरेका छन् । ‘आजैदेखि हल खुलाउने हाम्रो प्रयास हुनेछ’ कार्कीले भने ।

    प्रतिक्रिया दिनुहोस्