काठमाडौं – शेयर बजार आज बुधबार र भोलि बिहीबार बन्द रहने भएको छ। दुवै दिन सार्वजनिक बिदा परेकोले शेयर बजार पनि बन्द रहने भएको हो।
आज माघ १६ गते सहिद दिवस परेको छ भने भोलि माघ १७ गते सोनाम ल्होसार परेको छ। यी दुवै दिन शेयर बजारसँगै बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी, सार्वजनिक तथा सरकारी निकाय बन्द रहनेछन्। शुक्रबार शेयर कारोबार हुँदैन।
शेयर बजार अब आउँदो आइतबार मात्रै खुल्नेछ। हिजो मंगलबार शेयर बजार २४.५० अंकले बढेर २६५७.७७ को विन्दुमा बन्द भएको छ। कारोबार पनि बढेर ९ अर्ब ४० करोड रुपैयाँ बढीको भएको थियो।
प्रतिक्रिया दिनुहोस्






















