images
images
  • फिल्म ‘एक्टर : टेक वन’को प्रदर्शन तत्काल नगर्न भन्दै काठमाडौं जिल्ला अदालतको आदेश

    काठमाडौँ – काठमाडौँ  जिल्ला अदालतले फिल्म ‘एक्टर : टेक वन’को प्रदर्शन तत्काल नगर्नू भनि अन्तरकालीन आदेश जारी गरेको छ ।

    फिल्मका बारेमा प्रश्न उठेको भन्दै अदालतले यस्तो आदेश गरेको हो ।

    अदालतले माघ २२ गते दुवै पक्षलाई छलफलमा समेत बोलाएको छ । दुवै पक्षको छलफल नभएसम्मका लागि अदालतले अन्तरिम आदेश जारी गरेको हो ।

    सहिद दिवसको अवसर पारेर भोलिदेखि फिल्म रिलिज हुँदै थियो । अदालतले अन्तरिम आदेश जारी गरेपछि रोकिने भएको छ ।

    नेपाल डायस्पोरा इन्टरटेनमेन्ट प्रालिको तर्फका कानुन व्यवसायी यज्ञमणी न्यौपानेले अदालतले अन्तरकालीन आदेश दिँदै दुवै पक्षालाई छलफलका लागि बोलाएको बताए ।

    फिल्म ‘एक्टर’का निर्माताले ‘एक्टर : टेक वन’को प्रदर्शन रोक्न माग गर्दै शुक्रबार अदालतमा रिट दायर गरेका थिए । राजन भुसाल निर्देशित गरेको उक्त फिल्म अब विवादमा परेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images