images
images
  • पोखरा–मुग्लिङ सडकखण्ड विस्तार : व्यापारिक प्रयोजनमा रहेका सटर र टहरा हटाइँदै

    कास्की – पोखरा–मुग्लिङ सडकखण्ड विस्तारका क्रममा मापदण्डले छुने सडक छेउछाउमा रहेका सटर र टहरा हटाउन थालिएको छ ।

    पोखरा अमरसिंह चोक पूर्वपट्टि सञ्चालित व्यापारिक प्रयोजनका सटर तथा टहरा हटाउन सूचना जारी गरिएको छ । अमरसिंह माध्यमिक विद्यालय व्यवस्थापन समितिले व्यावसायिक प्रयोजनका सटर तथा टहरा खाली गर्न ३५ दिने सूचना जारी गरेको छ ।

    समितिको यही माघ ३ गते बसेको बैठकले राजमार्ग छेउ अमरसिंह खेल मैदानको दक्षिणतिर रहेका सटर र टहरा हटाउने निर्णय गरेको थियो । ती सटर हटाएर त्यहाँ नयाँ व्यापारिक संरचना बनाउने योजनामा विद्यालय छ । निकै कम भाडा उठ्ने, व्यापारिक प्रयोजनका लागि पक्की संरचना निर्माण गरी व्यवस्थित ढङ्गले भाडामा लगाउन नसकेको विद्यालयले हाल सो संरचना हटाउने योजना बनाएको हो ।

    अमरसिंह चोकका करिब ५० वटा सटर २०४० सालपछि विभिन्न व्यक्तिले भाडामा प्रयोग गर्दै आएका छन् । ती सटर तथा टहरामा कास्कीस्थित विभिन्न राजनीतिक दलका नेता तथा नेताको संरक्षणमा विभिन्न व्यक्तिले लामो समयदेखि सस्तो भाडादरमा व्यापार गर्दै आएका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images