
काठमाडौं – बृज एडिटिभ्स प्रालिले नयाँ उत्पादनहरू बजारमा ल्याएको छ ।
उद्योगका अनुसार नयाँ उत्पादनहरूमा सिमेन्ट टाइल ग्राउट, टाइल एडिसिभ, फ्लोर हार्डनर, रिपेयर कंक्रिट, ब्लक मोर्टार, वाल पुटिन, वाटरप्रुफिङ सिस्टम लगायत छन् ।
बजारमा आएका नयाँ उत्पादनहरूले निर्माण उद्योगका परिवर्तनशील आवश्यकताहरू पूरा हुने विश्वास कम्पनीले लिएको छ ।
सय वर्षभन्दा बढी समयदेखि नेपाली व्यवसायमा विश्वासिलो नाम केडिया अर्गनाइजेसन हिस्सा रहेको बृज एडिटिभ्सले गत तीन वर्षदेखि अत्याधुनिक प्रविधिबाट निरन्तर स्वदेशी उत्पादनहरू गर्दै आएको छ ।
नयाँ उत्पादनहरूले उच्च प्रदर्शन, मजबुत टिकाउपन र उच्च स्तरको स्थायित्व प्रदान गर्नेछ, जसले देशभरि सुरक्षित र मजबुत पूर्वाधार विकासमा योगदान पुग्ने विश्वास उद्योगको छ ।
उद्योगका अनुसार नयाँ उत्पादनहरूमा टाइल एडिसिभ, फ्लोर हार्डनर, रिपेयर कंक्रिट, ब्लक मोर्टार, टू कम्पोनेन्ट वाटरप्रुफिङ सिस्टम, टाइल ग्राउट, रेडी मिक्स प्लास्टर लगायत छन् ।
‘निर्माण उद्योगहरूले सामना गरिरहेका चुनौतीहरू पूरा गर्न नयाँ निर्माण सामग्रीहरू बजारमा ल्याउन पाउँदा हामी उत्साहित छौं ।
नवीनता र गुणस्तरलाई केन्द्रमा राखेर उत्पादन गरिएका नयाँ उत्पादनका सामग्रीहरूले नेपालको निर्माण अभ्यास सुधार गर्ने हाम्रो प्रतिबद्धताको प्रमाण हो,’ बृज एडिटिभ्सका प्रबन्ध निर्देशक रविरञ्जन कुमारले भने ।
प्रतिक्रिया दिनुहोस्