images
images
  • काठमाडौंका यी स्थानमा जानेछ आज ५ घण्टा बिजुली

    काठमाडौं । काठमाडौं उपत्यकाका केही स्थानमा आज पाँच घण्टा विद्युत् अवरुद्ध हुनेछ ।

    नेपाल विद्युत् प्राधिकरणका अनुसार कोटेश्वर फिडर (बानेश्वर)अन्तर्गत तीनकुने पुलदेखि महादेव खोला पुलसम्मको क्षेत्रमा विद्युत् सेवा अवरुद्ध हुनेछ ।

    बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म विद्युत् आपूर्ति बन्द हुनेछ । कुलेश्वर, बानेश्वर, जोरपाटी र कीर्तिपुर वितरण केन्द्रअन्तर्गतका विद्युतीय वितरणलाइन भूमिगत गर्ने कार्यको लागि विद्युत् अवरुद्ध गर्नुपरेको प्राधिकरणले जनाएको छ ।

    प्राधिकरणका अनुसार विद्युत् माघ ९ गतेदेखि १८ गतेसम्म अवरुद्ध हुनेछ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images