
चालु आर्थिक वर्षको ६ महिना अवधिमा झण्डै ४ लाख नेपाली बिदेसिएका छन् । वैदेशिक रोजगार विभागका अनुसार साउनदेखि पुस सम्मको अवधिमा ३ लाख ९३ हजार ६७ जनाले विदेश काम गर्न जानका लागि श्रम स्वीकृति लिएका हुन् ।
जसमा पुस महिनामा मात्रै ६७ हजार जनाले विदेश जानका लागि श्रम स्वीकृति लिएका छन् । व्यक्तिगत तबरबाट १ हजार ८५ तथा मेनपावरबाट सहित कुल ६७ हजार २५८ जना वैदेशिक रोजगारीमा गएका हुन् ।
विभागका अनुसार ६ महिनाको अवधिमा पुसबाहेकमात्रै व्यक्तिगत तबरबाट ५४ हजार ३७४, मेनपावरबाट १ लाख ३१ हजार ८५०, पुन श्रमस्वीकृतिबाट १ लाख ३५ हजार ४२५ तथा जीटुजीमार्फत ४ हजार १६० जनाले विदेश जानका लागि श्रम स्वीकृति लिएका छन् ।
प्रतिक्रिया दिनुहोस्